तनहुँ बस दुर्घटनाका घाइतेको पोखरामा उपचार हुँदै

पोखरा न्यूज – २६, पुष । तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा शुक्रबार भएको बस दुर्घटनामा परी घाइते भएका २२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नंको बस घिरिङ थानीमाईमा अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा घिरिङ –१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ–३ बस्ने ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएको थियो। प्रहरी नायब उपरीक्षक लामिछानेले घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button