भियतनाममा कोरोना संक्रमित १६ जना नै निको भए !

पोखरा न्युज । भियतनामले कोरोना संक्रमित आफ्ना सबै १६ नागरिक निको भएको दाबी गरेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले फेब्रुअरी १३ पछि त्यहाँ कुनै संक्रमण नभेटिएको र संक्रमित १६ जना पनि निको भएको जनाएको हो । भियतनाममा पछिल्लो पटक संक्रमण पुष्टि भएका एक ५० वर्षीय पुरुष पनि निको भएसँगै आफ्नो देशका सबै कोरोना संक्रमित निको भएको दाबी गरेको हो ।

भियतनाममा जनवरी १३ मा दुई चिनियाँ नागरिकमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । त्यसपछि एक तीन वर्षीय नाबालिकसहित अन्य १३ मा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बिरामीहरु कहिले अस्पतालबाट डिस्चार्ज गरिने भन्ने बारे भने केही खुलाइएको छैन ।

सम्बन्धित न्यूज

Back to top button