
पोखरा । युवा निर्देशक राजु गिरीले पहिलोपटक हिन्दि चलचित्र निर्देशन गर्ने भएका छन् । नायिकाहरुलाई ग्लामर्स देखाउन सिपालु निर्देशको रुपमा चिनिने गिरीले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘म्याड लभ’ हो ।
मार्च १० बाट छायाकंन शुरु हुने यो चलचित्र पुर्ण रुपमा हिन्दी चलचित्र भएको गिरीले बताए । ठुलो बजेटमा निर्माण हुने यस चलचित्रमा सबै भारतीय कलाकारलेनै अभिनय गर्ने उनले जनाए ।
सावित्रि चिलुवालको म्याड लभ चलचत्रिको कथा राजिन भुजेलको हो । के एण्ड के प्रालि तथा राजु गिरी प्रोडक्सनको प्रस्तुतीमा निर्माण हुने यो चलचित्रको निर्मातामा काजल गिरी, कंगना गिरी र रिया गिरी रहेका छन् ।
बाबुल गिरीको संगीत, अशोक खड्को द्धन्द, रामेश्वर हुमागाईको छायाकंनमा चलचित्र तयार हुनेछ । चलचित्रमा कमल शर्मा, करिश्मा क्षेत्री,नसिम खान, सरिता शर्मा, सावित्रा चिलुवाल, जीवन प्रधान, शिव कुर्मी आदी कलाकारको अभिनय रहनेछ । यतिबेला कलाकार छनोटको काम भइरहेको निर्देशक गिरीले जनाए ।
कार्यकारी निर्माता कमल शर्माका अनुसार अनय कलाकार अडिसन मार्फत छनोट गरिनेछ । चलचत्रिको छायाकंन दार्जलिङ, सिक्किम र मुम्बईमा गर्ने निर्माण युनिटको तयारी छ । चलचित्र आगामी अक्टुवरमा रिलिज गरिनेछ ।
निर्देशक गिरीले यसअगाडि नेपाली चलचित्र दिलमाया, चन्द्रावती, हत्याकाण्ड, विन्दास, विन्दास २, विन्दास ३, विन्दास ४, टाइगर दि रियल हिरो, जिस्म, मखमली, मखमली २, दिलवाले, डिल्लीराम, शिवम्, निर्जला आदी निर्देशन गरेका थिए । उनले भोजपुरी चलचित्र समेत निर्देशन गरिसकेका छन् ।





