कोरोनाबाट विश्वभर १० हजार ४९ को मृत्यु (पछिल्लो अपडेट)

पोखरा न्यूज। विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १ सय ७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८८ हजार ४ सय ८३ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४७ हजार ६ सय ४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ७६ भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ४८ व्यक्तिको मृत्यु भएको छ भने, ८० हजार ८ सय ६७ जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण तीन हजार ४ सय ५ व्यक्तिको मृत्यु भएको छ । हाल ४१ हजार ३५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार २ सय ४८ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ४ सय ७ जना सङक्रमित रहेका छन् । पाँच हजार ९ सय ७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण ८ सय ३१ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ७७ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार एक हजार १ सय ७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ४४ व्यक्तिको मृत्यु भएको छ । हाल १५ हजार ३ सय २० जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ सय १५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय १७ व्यक्तिको मृत्यु भएको छ । हाल १४ हजार ३ सय ६५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ सय २५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय ७२ व्यक्तिको मृत्यु भएको छ । हाल १० हजार ९ सय ९५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ हजार २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६ सय ५२ सङ्क्रमित भएका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार २ हजार २ सय ३३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विजरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३ व्यक्तिको मृत्यु भएको छ । चार हजार २ सय २२ सङ्क्रमित भएका छन् । यसैबीच १५ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ४४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २ सय ६९ सङ्क्रमित भएका छन् । यसैबीच ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

भारतमा हालसम्म कम्तीमा २ सय १ कोरोनाभाइरस सङ्क्रमणका घटना देखापरेका छन् । देशभर सयौँको सङ्ख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टाइन’ केन्द्रमा राखिएको छ । शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५ व्यक्तिको मृत्यु भएको छ ।

देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३ सय ७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

श्रीलङ्कामा ६०, अफगानिस्तानमा २२, बङ्गलादेशमा १४, माल्दिभ्समा १३ वटा सङक्रमण हालसम्म देखापरेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button