कोरोना रोकथाममा सघाउन पोखरा महानगरको नगरवासीमा अपील

पोखरा ।  पोखरा महानगरपालिकाले कोरोना भाइरसलाई फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा अति आवश्यक काम बाहेक बाहिर ननिस्कन महानगरवासीमा अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले चालेको कदमलाई सफल बनाउन जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न महानगरले सबैमा अनुरोध गरेको छ ।

‘सम्पूर्ण नगरवासीहरू सुरक्षित र सचेत भई आ-आफ्नै घरमा बसेर कोरोना भाइरस नियन्त्रणको अभियानलाई सघाउन आग्रह गर्दछु,’ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जारी गरेको अपीलमा भनिएको छ,‘लकडाउनको समयमा नगरवासीलाई समस्या परे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न अनुरोध छ ।’ यो विषम परिस्थितिमा नगरवासीलाई परेको समस्यालाई हरसम्भव समाधान गर्न महानगरपालिका कटिबद्ध रहेको अपीलमा उल्लेख गरिएको छ ।

पोखरा भन्दा अन्य सहर वा विदेशबाट आएकाहरुले महानगरमा सम्पर्क गर्न समेत पोखरा महानगरपालिकाले अनुरोध गरेको छ । पोखरा महानगरपालिकाले कोरोना भाइसर विरुद्धको अभियानलाई सघाउनका लागि पोखरा बाहेकका सहर र विदेशबाट आएकाहरुलाई महानगरको कार्यालय, पायक पर्ने वडा कार्यालय, वडा अध्यक्ष र महानगरका स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button