कोरोना भाइरसबाट प्रभावित भएकाहरुको सम्झनामा पोखरामा दीप प्रज्वलन र र्‍याली

पोखरा न्युज । कोरोना भाइरसबाट निधन भएकाहरुको सम्झनामा पोखरामा सोमबार दीप प्रज्वलन गरिएको छ ।

चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस  विश्वका धेरै मुलुकमा फैलिदै गएको र त्यसबाट धेरैले  अकालमा ज्यान गुमाएको भन्दै निधन भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो  ।

पोखरेली जनता सहितका पर्यटकहरु  कोरोना भाइरस छिट्टै नियन्त्रणमा होस् र सबै स्वस्थ रहुन भन्ने कामना गर्दै पोखरामा  र्यालीमा सहभागी भएका थिए ।

छिमेकी देशमा परेको  विपद र महामारीका बेला सिंगो नेपाल र पोखरेलीहरु पनि एक भएको सन्देश दिन सोमबार पोखरामा कोरोना सचेतना र्‍यालीसहित, दिप प्रज्वलन र हस्ताक्षर संकलन  गरिएको हो  ।

पोखरा पर्यटन परिषदको अगुवाईमा गरिएको कार्यक्रममा  पोखरेली, चाइनिज, भारतियसहित अन्य देशका पर्यटकहरु सहभागि भएको परिषदका उपाध्यक्ष गोपी भट्टराईले बताए । हल्लनचोकबाट शुरु भएको र्‍याली बाराहीचोकमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका मेयर मान बहादुर जिसीले छिमेकी मुलुक चिनमा परेको यो विपतको बेला पोखरेलीहरु पनि उनीहरुको साथमा रहेको बताए । कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिदै गएका बेला यसले नेपाल पनि प्रभाव पार्न सक्ने भएकाले पूर्व सावधानी आवश्यक भएको जनाए । कुनै पनि प्रकारका भाइरस मानव जातिका लागि राम्रो नहुने उनले जनाए ।

चीनले सावधानी अपनाउदा अपनाउदै धेरै देशमा फैलिएकोमा दुःख व्यक्त गर्दै नेपालको पोखराबाट एक्यबद्धता जनाएकोमा पोखरेलीलाई मेयर जिसीले धन्यवाद दिए ।

पोखरामा संकलन गरिएको हस्ताक्षर चिनको वुहान प्रान्तका मेयरलाई चिनिया राजदुतावास मार्फत पठाउने भएको परिषदका महासचिव डील्ली प्रसाद गौतमले बताए ।

सम्बन्धित न्यूज

Back to top button