गुरुङ र नेपाली दुवै चलचित्र निर्देशन गर्ने मन छ : बालकाशी

महिला हुनु । चुलोचौकाबाट बाहिर निस्केर केही गर्ने हिम्मत राख्नु । नेपाली समाजमा बर्जित जस्तै मानिन्छ । फाट्टफुट्ट, बाहेक समाजको चौ—घेराबाट माथि उठ्ने प्रयास पनि कमैले गर्ने गर्छन् । यस्तै हिम्मतिली महिलामध्येकी एक हुन, बालकाशी गुरुङ ।
लमजुङको क्होलासोथर गाउँपालिका ७ कुलुङमा जन्मिएर कास्कीको ताङतिङलाई कर्म घर बनाएकी बालकाशी नेपाली फिल्म क्षेत्रमा आफ्नो अघि बढ्दै छिन् ।

गुरुङ र नेपाली गरि जम्माजम्मी ६ फिल्ममा काम गरि सकेकी बालकाशीले २५ को हाराहारीमा म्युजिक भिडियोमा निर्देशन गरि सकेकी छिन् । थुप्रो म्युजिक भिडियोमा पोस्ट प्रोडक्सनको काम पनि गरि सकेकी छिन् । छिट्टै फिल्म निर्देशन गर्ने तयारी रहेकी बालकाशी, फिल्म क्षेत्रमा नयाँ केही गर्ने सोच राख्छिन् ।

पोस्ट प्रोडक्सनमा व्यस्त बालकाशी २ छोराकी आमा समेत हुन् । बिहान कलेज, घरपरिवार र आफ्नो कामलाई म्यानेज गरेर अघि बढी रहेकी बालकाशीसंग उनको आरोह अवरोह साथै फिल्मी करिअरसंग सम्बन्धित रहेर, हाम्रो अनलाइन टेलिभिजन सो ‘रियल टु रिल’को लागि सहकर्मी राजाराम पौडेलले कुराकानी गरेका छन् । उनी संग गरेको कुराकानीको अंश:

के मा व्यस्त हुनुहुन्छ आजकाल ?
घरपरिवार, पोस्ट प्रोडक्सन प्लस पढाईमै व्यस्त छुँ ।

कत्तिको सजिलो छ ?
सजिलो त आफूले बनाए सजिलो सजिलो हुँदो रै छ ।

तपाईंको फिल्मी यात्रा कसरी सुरु भयो ?
०६२ मा प्लस टु पढ्न लमजुङदेखि पोखरा आएको थिएँ । कालिका क्याम्पस थिएँ । इन्टर सकेपछि खालि थिए । त्यसपछि, भोजबहादुर जि (भोजबहादुर गुरुङ) संग  भेट भयो । उहाँले ‘आक्रोदो’ नामको गुरुङ फिल्ममा अफर गर्नुभयो । त्यसपछि मेरो फिल्मी यात्रा सुरु भएको हाृ । उहाँसंगको भेटपछि फिल्मी यात्रा सुरु भयो भनौं न ।

तपाई फिल्मको लागि लायक हुनुहुन्छ भनेर कसरी चिन्नु भयो भोज जि ले ?
म सानैदेखि नाँचगान गर्न रुचाउँथें । नाँचगानभन्दा पनि अझ बढी गेममा बढी नजिक थिएँ । स्टेज पाएँ गाउँने, बोल्ने, नाँच्ने, एसेम्ब्लीमा । अवसर पाए बोलि हाल्ने मेरो स्वभाव थियो । कसैसँग लजाउँने मेरो स्वभाव थिएन । प्लस टु सकेर खालि थिए । खेम काका हुनुहुन्छ मेरो । उहाँले नै भोज जि सँग चिनजान गराइ दिनु भयो । तिमी फोटो जेनिक पनि छौं । अवसर पाए तिमी गर्न सक्छौं भनेर उहाँले नै हौसला दिनु भयो । यसरी मेरो फिल्मी करिअर सुरु भयो ।

पहिलो फिल्मको अनुव कस्तो रह्यो ?
गाउँमा हुँदा मैले फिल्म नै हरेको थिइन । पहिलो चोटी टिभी हेरेको मैले ९ कक्षामा पढ्दा मात्रै बजार हो । ९ कक्षामा पढ्दा बजार आएको थिएँ । त्यतिबेला मैले पहिलोपटक टिभी हेर्न पाएँ ।  फिल्म पनि त्यति नहेरेको । फिल्मको बारे थाहा हुने त कुरै भएन । गुरुङ फिल्मको त झन नाम पनि सुनेका थिइन । भोज जि के हो ? केही थाहा थिएन ।  पछि, अग्रज कलाकारको सपोर्ट पनि पाएँ । एकदमै को अप्रेट भयो । लमजुङको स्युरुङ भन्ने विकट गाउँमा सुटिङ भएको थियो फिल्म ।

अहिले कसरी सम्झिनुहुन्छ त्यो समय ?
मैले फिल्म गर्दा अभिनयमा त म एकदमै जिरो नै थिएँ । क पनि जानेको थिइन । अहिले पनि आफैंले बनाएको चलचित्रमा खालि ठाउँ भर्ने काम भई राको छ । केही पनि नजानेको सुरुमै फिल्म गर्दा गाह्रो त गाह्रो नै भएको थियो । फिल्ममा काम गर्दा मलाई अभिनयमा भन्दा पनि पोस्ट प्रोडक्सनमा बढी रुचि भयो । फिल्म सुट भई रहेको बेलामा फिल्म कसरी खिचि रहेको छ ? म क्यामेरा म्यानको नजिकै गएर हेर्थे । क्यामेरा कसरी चलाउने भनेर रुचि पनि त्यतिबेलादेखि बढ्यो । अहिले पनि अभिनयमा भन्दा क्यामेरामा बढी राम्रो गर्दै आएको छुँ जस्तो लाग्छ ।

अहिलेसम्म कतिवटा फिल्म खेल्नु भयो ?
गुरुङ र नेपाली गरि ५/६ वटा फिल्ममा अभिनय गरेको छुँ ।

यो काममा सहजता कत्तिको छ ?
पहिलो फिल्म गर्दा अविवाहित नै । त्यतिबेला महसुस नै अर्कै थियो । विवाह पछिको स्टगर्ल छुट्टै छ । त्यो बेला हाइहाईमा हिडियो । पार्टी यताउति फ्रिडममा हिँडियो । अहिल अव, सासुससुरा हेर्नुप¥यो, बाबुहरुलाई हेर्नुप¥यो । भोज जि पनि विवाह लगत्तै काठमाडौं जानुभयो । विवाहपछि डर त लाग्यो । तर, मैले त्यो डरलाई म भित्र कायम रहन दिइन । बाबुआमा जत्तिको माया गर्ने सासुससुरा पाएँ । तिमीगर्न सक्छौं है ! भनेर हौसला दिनु भयो सासुससुराले पनि । त्यसबाट मैले आत्मबल पाएँ । उहाँहरुको पनि छोरी नभएको । छोरी सरहकै माया पाएँ ।

सुरुमा त कहिले पनि जान्दिन होला जस्तो लागेको थियो । विवाह गरेपछि अब म केही गर्न सक्दिन जस्तो लागेको थियो । तुलनात्मक रुपमा केटीलाई गाह्रै छ । पछि मेरै कामको बढी माग बढ्यो । घरपरिवारबाट पनि सर्पोट मिल्यो । गर्दै जाँदा सजिलो भयो ।  पहिला एजुकेशन पढे । पछि आएर मेरै फिल्डअनुसारको पढाई पनि हुनुपर्छ जस्तो लाग्यो । त्यही अनुसार पढ्नुपर्छ भनेर जर्नालिजम पढें ।

भोज जी संग कसरी सम्बन्ध गाँसियो ? बताउँन मिल्छ ?
संयोग भन्नुपर्छ । यसरी सम्बन्ध गाँसिएला भन्ने त मलाई लागेकै थिएन । मैले त उहाँलाई गुरु नै मान्थे । विहे पछि पनि नमस्कार गर्थे ।  उहाँलाई त मैले त्यस्तो नजरले कहिले हेरिन । उहाँले पहिलेदेखि नै ख्याल गरि रहनु भएको रहेछ । मलाई सधै उहाँको नजिकमा राख्न खोज्नु हुन्थ्यो । फिल्डमा गएर डान्स डिरेक्टरको काम हेर्न मन लाग्थ्यो मलाई । तर, उहाँँले मलाई स्क्रिप्ट पढेर बस्न लगाउँनुहुन्थ्यो । किन, यसरी काम नहुँदा पनि स्क्रिप्ट पढ्न लगाउनुहुँदो रैछ भनेर सोच्थे ।

फिल्म सकिएपछि उहाँ मेरो घरमा आएर प्रस्ताव राख्न आउनु भएछ । तर, मलाई मनबाटै नआउँने । पछि, ठिकै छ परिवार खुसी छ भने मैले पनि स्वीकार्छु भनेर स्वीकार गरे । विहे पनि भयो । अहिले मेरो दुई वटा छोरा छ । अरुको जस्तो पहिला प्रस्ताव राख्ने डेट जाने । लामो समय सम्बन्ध कायम गरेर एक अर्कालाई बुझ्ने केही पनि भएन । उहाँले मलाई किन सिधै प्रस्ताव राख्न सक्नु भएन त्यो त मलाई अझै पनि थाहा छैन । मेरो दिदीले पनि उहाँकै इच्छाले विहे गर्नु भयो । तर, म परिवारको इच्छाले गर्ने सोचमा थिएँ । र, त्यसै गरें ।

अहिले कस्तो चलि रहेको छ पारिवारीक जीवन ?
मैले सोचेभन्दा राम्रो । भोज जि कै फिल्डलाई सपोर्ट गर्ने गर्न पाई रहेको छुँ । सबैको सपोर्ट छ । राम्रै छ ।

अब थोरै गुरुङ फिल्म तर्फ फर्किऔं । जुन खालको स्पेस गुरुङ फिल्मले लिनु पर्ने थियो । त्यसमा के कुरा नपुगेको जस्तो लाग्छ तपाईंलाई ?
पहिलो कुरा त सिस्टम बसेको छैन । विस्तारे तपाईंले भने जस्तै स्पेस पनि बन्दै छ । अब बसाउँनु पनि पर्छ । गुरुङ चलचित्र हेर्न अझैं पनि टिकट लिएर हलसम्म पुग्नुपर्छ है भन्ने मानसिकता बसि सकेको छैन । घरमै टिकट लिएर लिई दिनु प¥यो भन्नुपर्ने अवस्था छ । गुरुङ चलचित्र हेनुपर्छ है, भन्ने सोचाई नै छैन । गुरुङ चलचित्र कर्मिले दर्शकलाई स्वयः आफैं फिल्म हेर्न जानुपर्छ भन्ने बनाउनुपर्छ । चलचित्र बनाएर घरमा थन्काउन त होइन । त्यसलाई ध्यान दिनुपर्छ ।

फिल्मको प्राविधिक स्तर कस्तो छ ?
गुरुङ फिल्ममा पहिलो त बजेट कम छ । प्रविधिसंग खेल्न सक्ने चलचित्रकर्मी हामी छौं । लिमिट बजेटमा काम पनि गरि रहेका छौं । काम गर्न सक्छौं । मुख्य कुरा लगानीको समस्या छ । प्रविधीसंग प्राविधिक पनि अपडेट छन् ।

यसलाई सुधार गर्न के गर्नुपर्ला ?
भेगीय बनाउन बनाउँन भएन । उदाहरणको लागि मैले सिनेमा बनाएँ भने मेरो गाउँको समुदायलाई मात्रै लक्षित गरेर त भएन । अरु पनि थुप्रो समुदाय छ गुरुङको । गुरुङ चलचिमा भएको त्यही हो । मेरो गाउँकोले बनाए मेरो गाउँलाई मात्रै लक्षित गर्छ । हामीले गैह्रगुरुङलाई टार्गेट गर्न सके मात्रै पनि धेरै सुधार हुन्छ । अर्को कुरा बजेटले पनि सबै चिज गर्दो रैछ । बजेटले गर्दा कतिपय ठाउँमा हामी खुम्चिएका छौं । देखाउनु पर्ने कुरा देखाउँन सकि रहेका छैनौं ।

प्रचार प्रसारमा पनि ‘सम्पूर्ण गुरुङलाई हेर्न अनुरोध छ’ भनि रहेका हुन्छौं । गुरुङ समुदायको मान्छे त टिकट नपाएसम्म हलसम्म आउँदैन । गैह्र गुरुङ कसरी आउँछ ? प्रचारप्रसार कन्टेट राम्रो भए गैर गुरुङ पनि आउथ्यो । राम्रो सिनेमा बनाउँन सक्यौं भने अरु पनि आउनु हुन्छ होला जस्तो लाग्छ ।

अबको योजना के छ ?
पढाईलाइ पुरा गर्छु । पढाईमा एकदमै ग्याप भयो । साना—साना नानीहरु संग प्लस टु पढे । उनीहरुसंगै उनीहरुको ड्रेस लगाएर । अहिले ब्याचलर पहिलो वर्षमा छुँ । पहिला पढाई पुरा गर्छु । व्यवसायलाई पनि निरन्तरता दिने । अझ राम्रो बनाउने योजना छ । बाबुहरुलाई असल मान्छे बनाउने । राम्राराम्रा चलचित्र बनाउँने गीतसंगीतको क्षेत्रमा काम गर्ने योजना छ ।

चलचित्र निर्देशकको तयारी पनि छ ?
त्यो सोच छ । फिल्म निर्देशक बन्न छुट्टै पढाई गर्नैपर्छ भन्ने त छैन । पहिलो कुरा बुझाई हुनुपर्छ । पहिला गुरुङ चलचित्रमै काम गरौं । यसमै थप बुझ्लै गएर राम्रो फिल्म बनाउने मन छ । लर्निङ गरेर गुरुङ र नेपाली फिल्म पनि बनाउने मन छ ।

म्युजिक भिडियो कति बनाउनुभयो ?
२०/२५ वटामा निर्देशन गरें । कतिमा पोस्ट प्रोडक्सनको काम पनि गरियो । कहिलेकाही अफर आउँदा पनि गर्न सक्ने अवस्था हुँदैन ।

अन्तिममा के भन्न चाहनुह’न्छ ?
अवसर आफैं खोज्नुपर्छ । आफैं पाइन्न । संघर्ष संग कहिले पनि डराउनुहुन्न जस्तो लाग्छ । विवाह भएपछि आफूलाई कमजोर ठान्नु हुन्न । आफूले आफैंलाई पावरफूल ठाने सबैको सहयोग मिल्छ । यहीँ नै हो ।

सम्बन्धित न्यूज

Back to top button