
बागलुङ । नोबेल कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भनेर सरकारी तवरबाट भीडभाड हुनेगरी सभा सम्मेलन, मेला महोत्सब र खेलकुदका गतिविधि नगर्न आग्रह गरेसँगै बागलुङमा होली पूर्णिमा मेला स्थगित गरिएको छ ।
गलकोट नगरपालिका ७ मल्मले स्थित घुम्टे युवा परिवारले आफ्नो वार्षिकोत्सवको अवसर पारेर वर्षिनी गर्दै आएको होली पूर्णिमा मेला कोरोना भाइरसको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको संस्थाले जनाएको छ ।
संस्थाले पुर्व निर्धारित समय तालिका अनुसार यहि फागुन २३ गतेदेखि २६ गतेसम्म तय गरेको विविध खेलकुद, सांस्कृतिक कार्यक्रम, कृषि मेला प्रदर्शनी सँगै राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती सहितको ३५ औ वार्षिकोत्सव तथा होली पूर्णिमा मेला २०७६ स्थगित गरेको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।
अध्यक्ष थापाले भने – ‘अहिले विश्वमा माहमारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले मेला, महोत्सव, सभा, सम्मेलन, बैठक, गोष्ठी नगर्न निर्देशन गरे बमोजिम संस्थाले स्थापनाकाल देखि नै होली पूर्णिमाको अवसरमा गर्दै आएको होली पूर्णिमा मेला स्थगन गरेका हौ।





