तपाईंको जीनले नै रोज्छ चिया कि कफी !

पोखरा न्यूज ।  कसैलाई बिहानै उठेर चिया पिउन मन लाग्छ कोही बिहानै देखि कफीको चुस्की लगाउन थाल्छन् । यसरी मान्छे अनुसार हुने विभिन्न अम्मलको कारण हाम्रो जीन भएको पछिल्ला अध्ययनहरुले देखाएका छन् ।

जापानको ओसाका विश्वविद्यालय र राइकेन सेन्टर अफ इन्टिग्रेटिभ मेडिकल साइन्सले १ लाख ६० हजार मानिसको खानाको रुचि र जिनेटिक डेटाको अध्ययन पश्चात् यस्तो निष्कर्ष निकालेका हुन् । सोध रिपोर्ट अनुसार खाना सम्बन्धित १३ आनीबानीसँग जीनको सम्बन्ध रहेको छ । ती आनीबानीमा पेय पदार्थको छनोट, रक्सीको प्रकारको छनोटलगायत विभिन्न खानपानको चयनलगायत रहेका छन् । त्यस्तै क्यान्सर, मधुमेह जस्ता रोग पनि जीनसँगै सम्बन्धित रहेको रिपोर्टमा उल्लेखित छ ।

सन् २००३ मा शुरु गरिएको बायोबैंक जापान प्रोजेक्टबाट संकलन गरिएको डेटा प्रयोग गरेर एकै प्रकारको डिएनए मार्कर भएका व्यक्तिहरुले उस्तै उस्तै खानपान रुचाउने रिपोर्टमा बताइएको छ । प्रोजेक्टमा अन्तर्वार्ता तथा प्रश्नपत्रमार्फत मानिसहरुको खानपान र जीवनशैलीसहित डिएनए र क्लिनिकल जानकारी संकलन गरिएको थियो । सोधकर्ताहरुले कफी, चिया, रक्सी, दही, चीज, सोयाबिन, तोफु, माछा, सागपात र मासुको उपभोग सम्बन्धित ९ जेनेटिक लोकेसन पत्ता लगाएका थिए ।

सोधमा एक डिएनए भेरियन्टमा तीतो स्वादलाई चाख्ने क्षमता भेटिएको थियो । उक्त भेरियन्ट भेटिएकाहरुले तोफु मनपराउने तर भेरियन्ट नभेटिएकाहरुले रक्सी कम मात्रामा पिउने वा कत्ति पनि नपिउने सम्बन्ध प्रस्तुत गरिएको छ । त्यस्तै धेरै माछा, सोयाबिन, तोफु र सागपात खानेहरु मासुजन्य पदार्थको स्वादमा धेरै संवेदनशील हुने सोधमा भेटिएको थियो ।

सम्बन्धित न्यूज

Back to top button