गुरुङ चलचित्र ‘फिच्यो’ पोखरामा प्रदर्शन हुने

पोखरा न्यूज । रेड ओशियन इन्टरटेन्टमेण्ट प्रालिको पहिलो प्रस्तुतिमा निर्माण भएको गुरुङ चलचित्र ‘फिच्यो’ अर्थात कान्छी छोरी पोखरामा प्रदर्शन हुने भएको छ ।

गुरुङ भाषा, संस्कार, सँस्कृति तथा सामाजिक विषयबस्तुमा निर्माण गरिएको निर्मित चलचित्र ताङतिङ दुधपोखरी तमु समाज पोखराको आयोजनामा प्रदर्शन गरिनेछ । चैत्र १ गते पोखरा तेर्सापट्टिस्थित बाराही चलचित्र भवनमा बिहान ११ बजे र दिउँसो २ बजे गरी दुई शो चलचित्र प्रर्दशन हुनेछ ।

लमजुङ जिल्लाको क्होलासोथर गाँउपालिका वडा नं. ८ तामु र घाम्राङ गाँउमा छायाँकंन गरिएको चलचित्रको लेखन तथा निर्देशन विकास घले गुरुङले गरको हुन् । चलचित्रमा इन्द्र घले(काशी), विश्वास गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, डिवी गुरुङ, मन्त्रीजङ्ग गुरुङ, टिकाराम घले, सितादेवी गुरुङ, बीरबल घले(बिरुप), अन्जना गुरुङ,सिर्जना गुरुङ(खिम) आदीको अभिनय रहेको छ।

झण्डै २५ लाखको लगानीमा निर्मित चलचित्रको निर्माताहरुमा शान्ति माया गुरुङ(युएसए), मन्त्रीजंग गुरुङ, बुद्धिमाया गुरुङ(इराक) तथा सहायक निर्देशकमा सोम गुरुङ रहेका छन् ।

छायाकंन प्रकाश गुरुङ(काश) र श्रृंगार सरोज गुरुङ गरेका हुन् । डा.धर्मराज उपाध्याया र केरसिंह गुरुङले रचना गरेको चलचित्रका गीत लाईसन्तोष श्रेष्ठ र गणेश गुरुङले संगीत भरेका छन् ।

सम्बन्धित न्यूज

Back to top button