कमेडियन खड्गबहादुर पुन पोखरामा

पोखरा । नेपालकै पहिलो स्ट्यान्ड-अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनाले आगामी चैत १ गते हुने भनिएको आफ्नै स्टुडियोमा हुने भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिरहेको बेला नेपाल सरकारले कुनै पनि गतिविधि नगर्न आग्रह गरेको भन्दै च्यासलस्थित आफ्नै स्टुडियोमा गर्ने निर्णय भएको निर्देशक विशाल भण्डारीले जनाएका छन् । ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल रहने छन् । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन् ।

यसैबिच कान्तिपुर टेलिभिजनद्धारा प्रशारित कमेडी रियालिटी शो कमेडी च्याम्पियनका प्रतिस्पर्धी खड्गबहादुर पुन (खबपु)लाई जिताउन पोखरामा रु १ लाख ५० हजार संकलन भएको छ । उत्कृष्ट ३ मा पर्न सफल रोल्पाली कमेडियन खड्गबहादुर पुन (खगपु) आफ्नो लागि भोट माग्दै पोखरा आएका हुन् ।

उनले वाइल्ड कार्डमार्फत शोमा पुन पठाएर उत्कृष्ट ३ मा पुर्याएकोमा दर्शकलाई धन्यवाद दिँदै अब विजेता बनाउन अन्तिम र निणार्यक भोटको अपेक्षा गर्दै पोखरा आएको बताए । कला, साहित्य र सङ्गीतको उर्वर भूमिका पोखरेली दर्शकले विगतका विभिन्न रियालिटी शोहरुमा कलाकारहरुलाई जिताएर कलाको माया प्रर्दशन र प्रमाणित गरेकाले आफूलाई पनि यस शोमा जिताउनेमा ढुक्क रहेका भनाइ राखे ।

राप्ति पोखरा सम्पर्क समाजको आयोजनामा मगरसंघ रङ्गशालाको हलमा भएको विभिन्न सांस्कृतिक कार्यक्रममा र वरपीपल दोहोरी साँझमा उनले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई हँसाएका थिए । सो सांस्कृतिक कार्यक्रममा रु १ लाख र वरपीपल दोहारी साँझको प्रस्तुति मन पराएर दर्शक र दोहोरी ५० हजार संकलन भएको कार्यक्रम संयोजक प्रसाद बुढाले जनाए ।

कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति गण्डकीका अध्यक्ष खेम पुनले जनजाति समुदायको रगतमै कला, गीत,संगीत हुने तर चाडपर्व, बिहे, पूजाआजामा मात्र कला प्रस्फुटन गरेर पछि परेकाले कलालाई व्यवसायिक रुपमा पनि लाग्नुपर्नेमा जोड दिए । खगपु त्यसैको एक उदाहरण भएकाले अब उनलाई जिताएर हौसला प्रदान गर्ने हाम्रो जिम्मेवारी भएको बताए ।

कार्यक्रम संयोजक प्रसाद बुढाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ति कलाकारहरुको नृत्य, गीत भएको र नौमति बाजासहि खगपु र कमेडी शोमा टप ८ मा पर्न सफल अनिल राईलाई भव्य स्वागत गरिएको सहसंयोजक वीरसिंह बुढाले जनाए ।  ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन् ।

सम्बन्धित न्यूज

Back to top button