बागलुङमा चट्याङबाट मृत्यु भएका परिवारलाई राहत

बागलुङ। चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालयल बागलुङले राहत रकम हस्तान्तरण गरेको छ ।

गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका वडा नं १३ का शङ्कर रिजालको परिवारलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गतको विपद् प्रकोप उद्धार कोषबाट बुधबार रु एक लाख राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, वडाध्यक्ष नारायण शर्मालगायतको टोली पुगेर पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

मृतकको परिवारलाई घरमै पुगेर सरकारले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सैजुले जानकारी दिए । मृतक रिजाल कोरोना छल्नका लागि काठमाडौँबाट घर आएका थिए ।

गत चैत २९ गते साँझ आफ्नै घरको पिँढीमा खाज खाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते रिजालको उपचारको क्रममा धवलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो ।

मजदुरलाई राहत

मजदुर तथा विपन्न परिवारलाई स्थानीय तहहरुले कोरोना रोकथाम तथा व्यवस्थापन कोषसमेत स्थापना गरेर धमाधम राहत बाँडिरहेका छन् । बागलुङमा हालसम्म ११ हजार ६ सय ४४ परिवारलाई राहत वितरण भइसकेको कोरोना नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएर हातमुख जोर्न समस्यामा परेका जिल्लाका १० वटै स्थानीय तहका मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गरेको कोरोना कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारीसैजुले जानकारी दिए।

बागलुङमा कोरोना सङ्क्रमित फेला परेर उपचार गराइराखेको धवलागिरि अञ्चल अस्पतालमा सङ्क्रमित ल्याउन एम्बुलेन्स चालकले अटेरी गरेपछि जिल्लाका १३ वटै एम्बुलेन्सलाई कोरोना रोकथाममैत्री बनाउन थालिएको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button