लमजुङमा लकडाउनका बेला चरीबाघ गाउँ पस्यो

लमजुङ। विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला चरीबाघ गाउँ पसेको छ । राइनास नगरपालिका ४ सातबीसे गाउँमा शुक्रबार राति चरीबाघ गाउँ पसेको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख मोहन काफ्लेले बताए ।

गाउँमा बाघ आएको खवर डिभिजन वन कार्यालयलाई आएपछि सोही नगरमा रहेको राइनास सबडिभिजनका कर्मचारीले उद्धार गरी नजीकैको जंगलमै छाडिदिएको उनको भनाइ छ । चरीबाघ सम्भवतः जिल्लामै पहिलो चोटि गाउँ पसेको पाइन्छ ।

तराईदेखि ४५ मिटरको उचाइसम्म जुनसुकै स्थानमा समेत चरीबाघ पाइने डिभिजन कार्यालय प्रमुख काफ्लेको भनाइ छ । उनले भने, “वनजंगलमा आगलागी हुनु र लकडाउनका कारण सब स्थानमा सुनसान भएपछि जनावर गाउँ छिर्न थालेको हो ।” यसले मान्छेलाई आक्रमण नगरे पनि सानासाना पाठा, कुखुरालगायत खाने बताइएको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button