कोरोना प्रभाव र अवको यात्राबारे दोहोरीगीत प्रतिष्ठान गण्डकीको छलफल

पोखरा न्यूज ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले अन्तक्रिर्या कार्यक्रम गरेको छ । लोक तथा दोहोरी क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुसँग विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले पारेको प्रभाब तथा लोक दोहोरी कलाकारको अबको अन्योलपुर्ण यात्राको समाधान विषयमा अन्र्तक्रिया कार्यक्रम पोखरामा गरिएको हो ।

सामाजिक दुरी कायम राख्दै गरिएको कार्यक्रममा प्रतिस्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजि, बरिष्ठ लोक गायिका प्राज्ञ हरि देबि कोइराला, प्रतिस्ठानका पूर्ब केन्द्रीय अध्यक्ष प्राज्ञ प्रजापति पराजुलि, पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपाने, रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखराको निमिक्त कार्यालय प्रमुख समेत रहेकी लोक गायिका शान्ति गुरुङ, केन्द्रीय सचिब जिबन दाहाल, केन्द्रीय सदस्य तारानाथ आचार्य, शंकर विरही गुरुङ, सरला पाण्डे, पोखरा दोहोरी ब्यबसायी सघका अध्यक्ष जिबन गुरुङ, प्रतिस्ठान पूर्व केन्द्रिय सदस्य पार्वती जिसी, कास्कि जिल्ला अध्यक्ष टेक क्षेत्रि, पर्वत जिल्ला अध्यक्ष दिपक गदाल सहित प्रतिस्ठान गण्डकी प्रदेश समितिका महिला उपाध्यक्ष माया गुरुङ, सहसचिब राम्जि पौडेल, सहकोषाध्यक्ष कृष्ण सुबेदी, संगित बिभाग प्रमुख होम गुरुङको सहभागिता थियो ।

कार्यक्रममा प्रतिस्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजि र गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले समस्यामा परेका कलाकार बिशेष गरी दोहोरि साझ मा कार्यरतलाइ प्रतिस्ठानको तर्फबाट प्रदान गरिएको राहत सामाग्री र कलाकारको समस्याबारे जानकारी गराए । सहभागी कलाकारले विपतका बेला सम्पूर्ण कलाकार एक भएर कठिन समयमा अगाडि बढ्न अनुरोध गरेका थिए । अन्र्तक्रिया कार्यक्रमले १३ बुदे निष्कर्ष समेत निकालेको प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशभित्र बिशेषगरि पोखरामा रहेका कलाका को तथ्याङ्क संकलन गर्ने, कलाकारको अवस्था बिश्लेषण गर्ने, अल्पकालिन र दिर्घकालिन योजना निर्माण गर्ने, कलाकारलाई स्थानिय प्रशासनसँग समन्वय गरि पोखराबाट गाँउ जाने बातावरण सृजना गर्ने, बिभिन्न दोहोरी साँझमा कामगर्ने अपाङ्ग दृटिबिहिन कलाकारलाइ बिशेष हेरचाह गर्न राहत प्याकेज बितरण गर्ने, स्थानिय सरकार, प्रदेश सरकारसँग आवश्यकताका आधारमा समन्वय गर्ने निष्र्कष कार्यक्रम मार्फत निकालिएको हो ।

यसैगरी दोहोरी साँझ रेस्टुरेन्ट सन्चालक, दोहोरी ब्यबसायि समितिसँग समन्वयगरि रोकिएको श्रमजीवी कलाकार को पारिश्रमिक बारे पहलकदमि गर्ने, राहत बितरण गर्दा बिभेद नगर्ने, राहत बितरणका लागि श्रोत खोजि ब्यबस्थापन गर्ने, कलाकारलाइ बैकल्पिक कार्यमा जुट्नका लागि अनुरोध गर्दै उत्पादनशिल काम मा लाग्न प्रेरित गर्ने, कोरोना भाइरसले निम्ताएको चुनौतिलाई अवसरका रुपमा लिने, दोहोरि रेस्टुरेन्ट मा काम गर्ने कलाकार लाइ आवश्यकताका आधारमा मनोसामाजिक परामर्श दिने र कोरोना संक्रमण बढदै गएकोले सबै कलाकार सचेत रहनुपर्ने निष्र्कष निकालिएको अध्यक्ष गुरुङले बताए । अन्तक्रिया मार्फत निकालिएको निष्कर्षलाई अक्षरस पालना गर्न प्रतिष्ठान गण्डकीले आफ्नो ठाउँबाट तुरुन्तै भुमिका खेल्ने उनको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button