स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव, थर्मल गन समेत विग्रियो !

थम्मन थापा, बागलुङ । गल्कोट  प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव हुँदा समस्या भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) लाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामाग्रीको अभाव हुँदा दैनिक आउने विरामीको उपचारमा समस्या भएको गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रले हरिचौरले जनाएको छ ।

गल्कोट नगरपालिकाले कोभिड–१९ को रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेपनि प्रयाप्त मात्रामा नभएको गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. अरुण गौतमले बताए । “हामीलाई सुरुमा नगरपालिकाले केही सामाग्री सहयोग गरेको थियो, तर धेरै सामाग्री प्रयोगमा आइसकेको छ” डा.गौतमले भने “दैनिक २० देखि ५० जना विरामी केन्द्रमा आउने भएकाले स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव भएको हो ।”

कोरोना महामारीको समयमा स्वास्थ्यकर्मी सुरक्षित भएर विरामीको उपचारमा खटिनुपर्नेमा स्वास्थ्य सुरक्षा सामाग्रीको अभावले स्वास्थ्यकर्मीलाई समस्यामा पारेको हो । स्वास्थ्यकेन्द्रमा पीपीई, एन ९५ माक्स, सेफ्टी गगल्स, डिसइन्फेक्ट क्लोरिन पाउडर लगाएका सामाग्री अभाव भएको डा. गौतमले बताए । केन्द्रमा प्राप्त थर्मल गनले राम्रोसँग  ज्वरो मापन नगरेकाले प्रयोगमा नल्याइएको डा. गौतमको भनाई रहेको छ ।

हाल एक मात्र  सरकारी डाक्टरको भरमा चल्दै आएको केन्द्रमा करारमा डाक्टर नियुक्ति नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ । हालसम्म केन्द्रमा उपचारमा आएका संकास्पद दुई जनाको आरडिटी परिक्षण गरिएको छ ।

नगरपालिकाले आवश्यक अनुसार स्वास्थ्य सामाग्री प्रदान गरेपनि अन्यत्रबाट स्वास्थ्य सामाग्री नआउदा प्रयाप्त नभएको हुन सक्ने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए ।

नगरपालिका बाहेक अन्य सरोकारवाला निकायवाट स्वास्थ्य सामाग्री सहयोग नभएका कारण स्वास्थ्य केन्द्रमा सामाग्री अभाव भएको हुन सक्ने भन्दै थप स्वास्थ्य सुरक्षा सामाग्री स्वास्थ्य केन्द्रलाई उपलव्ध गराउने तयारीमा नगरपालिका रहेको भण्डारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button