कतारमा बन्दी जीवन बिताइरहेका ८ नेपालीले पाए आममाफी

तिलु शर्मा, कतार । कतारमा बन्दी जीवन बिताइरहेका ८ आममाफी पाएका छन् ।

इस्लामिक धर्मालम्विहरुको पवित्र पर्व रमादानको अवसरमा  बिभिन्न कसुरमा कतारस्थित कारागारमा सजाय भोगिरहेका उनीहरुले आममाफी पाएका हुन् ।

ईस्लामिक धर्मालम्विहरुको पवित्र पर्व रमादानको अवसरमा दिइने आममाफीको क्रममा कतारमा यसपटक ८ जनाले आममाफी पाएको  स्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

शुक्रबार सॉझ आयोजना भएको भिडियो कन्फेरेन्स संवाद कार्यक्रममा दुतावासको तर्फबाट बोल्दै द्रित्तिय सचिव प्रविन भट्टराईले सो जानकारी गएका थिए  ।

यसअघि कोरोना भाइरसको महामारीको अवस्थालाई मध्यवजर गर्दै कतारको बन्दी गृहमा रहेका १३ जना लागूऔषध कोरोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरका  गरी सजाय भुक्तान गरिरहेका १७ कैदिहरुले आममाफी पाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button