नेपाली कामदारका लागि कतार सरकारद्दारा डेढ करोडको खाद्यान्‍न सहयोग

तिलु शर्मा पौडेल , कतार । कोरोनाका कारण नेपाली कामदारमा परेको समस्या समस्या समाधानका लागि कतार सरकारले  १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यान्‍न सहयोग उपलब्ध गराएको छ।

कतारमा खाद्यान्‍न संकट भएका नेपाली कामदारलाई वितरण गरिने राहतमा  चामल, दाल, चिनी, पिठो लगायतका खाद्य सामाग्री रहेका छन्  ।

राहत वितरण छरितो तथा प्रभावकारी बनाउने उद्देश्यले एकद्धार प्रणाली लागु गर्न  वितरणको संयोजन तथा कार्यन्वयन गर्ने सम्पूर्ण जिम्मा गैह्रआवासीय नेपाली संघ कतारलाई दिइएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यान्न सरकारले संघको कतार शाखालाई हस्तान्तरण गरेको छ ।  एनआरएनए कतारको सक्रियतामा खाद्यान्‍न अभाव भई सम्पर्कमा आएका नेपाली कामदारलाई  राहत वितरण भइरहेको जानकारी एनआरएनए प्रथम उपाध्यक्ष तथा राहत वितरण  टोलिका संयोजक उत्तम गुरुङले दिएका छन ।

संघका महासचिव पदम गिरीले कतार सरकारले च्यारिटी मार्फत ५ हजार प्याकेट खाद्यान्न संघलाई उपलव्ध गराएको र उक्त खाद्यान्न नेपाली नियोगको हलमा भन्डारण गरी वितरण भइरहेको बताए ।

राहात वितरण प्रक्रियामा यहाँ स्थित नेपाली  राजदूतावासले संरक्षक एवं सहजकर्ताको भूमिका निभाउने भएको छ । दूतावासले कतारमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूलाई राहत सामग्री उपलव्ध गराउन तथा वितरणका लागी स्वयंसेवीहरूको व्यवस्था  गर्न समेत अनुरोध गरेको छ ।

फ्रेब्रुअरी अन्तिम साताबाट कतारमा देखीएको कोरानाको संक्रमणको असर अहिले चरम बिन्दुमा पुगेको छ। कोरानाको संक्रमण पछिको असरका कारण यहाँ जनजीवन कष्टकर बन्दै गएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button