तिलु शर्मा पौडेल , कतार । कोरोनाका कारण नेपाली कामदारमा परेको समस्या समस्या समाधानका लागि कतार सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको छ।
कतारमा खाद्यान्न संकट भएका नेपाली कामदारलाई वितरण गरिने राहतमा चामल, दाल, चिनी, पिठो लगायतका खाद्य सामाग्री रहेका छन् ।
राहत वितरण छरितो तथा प्रभावकारी बनाउने उद्देश्यले एकद्धार प्रणाली लागु गर्न वितरणको संयोजन तथा कार्यन्वयन गर्ने सम्पूर्ण जिम्मा गैह्रआवासीय नेपाली संघ कतारलाई दिइएको छ ।
एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यान्न सरकारले संघको कतार शाखालाई हस्तान्तरण गरेको छ । एनआरएनए कतारको सक्रियतामा खाद्यान्न अभाव भई सम्पर्कमा आएका नेपाली कामदारलाई राहत वितरण भइरहेको जानकारी एनआरएनए प्रथम उपाध्यक्ष तथा राहत वितरण टोलिका संयोजक उत्तम गुरुङले दिएका छन ।
संघका महासचिव पदम गिरीले कतार सरकारले च्यारिटी मार्फत ५ हजार प्याकेट खाद्यान्न संघलाई उपलव्ध गराएको र उक्त खाद्यान्न नेपाली नियोगको हलमा भन्डारण गरी वितरण भइरहेको बताए ।
राहात वितरण प्रक्रियामा यहाँ स्थित नेपाली राजदूतावासले संरक्षक एवं सहजकर्ताको भूमिका निभाउने भएको छ । दूतावासले कतारमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूलाई राहत सामग्री उपलव्ध गराउन तथा वितरणका लागी स्वयंसेवीहरूको व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।
फ्रेब्रुअरी अन्तिम साताबाट कतारमा देखीएको कोरानाको संक्रमणको असर अहिले चरम बिन्दुमा पुगेको छ। कोरानाको संक्रमण पछिको असरका कारण यहाँ जनजीवन कष्टकर बन्दै गएको छ ।