तनहुँमा १९ वर्षीय युवक मृत फेला

पोखरा । तनहुँमा १९ वर्षीय युवक मृत अवस्थामा  फेला परेका छन् ।

शनिबार बिहान ११: १५ बजेको समयमा  तनहुँ देवघाट गाउँपालिका-५ दासढुङगा स्थित त्रीशुली नदिको किनारमा  बागलुङ बरेङडाँडा -१ घर भइ गोरखा शहिद लखन गाउँपालिका – ३ बस्दै आएका कृष्ण बहादुर पुन मृत अवस्थामा  फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय दिल बहादुर गुरुङको घरमा बस्दै आएका पुन गत बैशाख २६ गते मर्स्याङदी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भनिएकोमा शनिबार मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button