पोखरामा ब्याक पेन भएर हस्पिटल पुगेकी महिलाको मृत्यु

पोखरा । पोखरामा ब्याक पेन भएर हस्पिटल पुगेकी एक महिलाको ज्यान गएको छ ।

ढाँड दुख्ने समस्याका कारण पोखराको गैह्रापाटन स्थित फिस्टेल हस्पिटलमा उपचारका लागि पुगेकी पोखरा – ४, सिद्धार्थ चोककी ३६ वर्षीया मीरा मुल्मीको मृत्यु भएको हो ।

ग्याँस्ट्रिक र ब्याक पेन भएपछि शुक्रबार बिहान अस्पताल पुगेकी मुल्मीको चिकित्सकले पेन किलर इन्जेक्शन लगाउने बित्तिकै मृत्यु भएको मृतकक आफन्तले बताएका छन् ।

मृतकका आफन्तका अनुसार अस्पतालको इमर्जेन्सी वार्डमै जाँचका क्रममा ब्लड प्रेसर, अल्ट्रासाउण्ड, रगत परीक्षण र मुटुको ईसीजी गर्दा सम्पूर्ण रिपोर्ट नर्मल देखिएको थियो ।

सबै रिपोर्ट नर्मल देखिदा ब्याक पेन रहिराखेपछि डाक्टरले इमर्जेन्सी वार्डमै पेन किलर इन्जेक्शन लगाएको र त्यसको २/३ मिनेटमै मुल्मिको ज्यान गएको अस्पतालमा उपस्थित आफन्तले बताए ।

उनीहरुले कुनै घातक रोग नभई सामान्य ढाँड दुखेर अस्पताल पुगेको मान्छेको इन्जेक्शन लगाउने बित्तिकै मृत्यु भएको भन्दै अस्पताल समक्ष मृत्युको कारण माग गरेका थिए ।

अस्पतालले मुल्मीको प्राविधिक असामान्यजस्यताका  कारण मृत्यु भएको बताएको छ । अस्पतालले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेर विज्ञप्ती तयार पारी सार्वजनिक गरेको छ । विज्ञप्तीमा अस्पतालले डा. बसन्त ताम्राकारको टीमले उपचारमा धेरै प्रयास गर्दा पनि सफल नभएकाले आफूहरु दुःखी भएको उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button