गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित २७ पुगे

पोखरा । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी कावासोती नगरपालिकाको क्वारेन्टिनमा  रहेका २२ र २६ बर्षीय २ जना पुरुष बिनयत्रिवेणी गाउँपालिकाका १४  बर्षीय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमितहरुलाई अहिले  जिल्ला अस्पताल लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । गण्डकी प्रदेशका ६ वटा जिल्लामा  कोरोना संक्रमण देखिएको  छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ६ जना पुरुष तथा २ महिला , स्याङ्जाका ६ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ८  जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका १ जना पुरुष र तनहुँका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button