गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि, पर्वतमा पनि देखियो कोरोना

पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा जिल्लामा थप ५ जनामा र पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका २२, २६, ३२ तथा  ४०  बर्षीय ४ जना पुरुष र  बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी फलेबास नगरपालिका घर भइ  कुश्मा नगरपालिका नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ४० बर्षीय २ जना पुरुष तथा सोहि क्वारेन्टिनमा रहेका  महाशिला गाउँपालिकाका १९, २० र २१ का ३ जना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितहरुलाई अहिले सम्बन्धित  जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।  पर्वतमा कोरोना देखिएसँगै  प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ६ जना पुरुष तथा २ महिला , स्याङ्जाका ११ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ८ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका १ जना पुरुष र तनहुँका १ जना पुरुष तथा पर्वतका ५ जना पुरुषमा   कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा आकस्मिक कक्षमा उपचार गर्ने क्रममा आइतबार बेलुका मृत्यु भएका स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय व्यक्तिमा सोमबार परीक्षण गर्दा  कोरोना नेगेटिभ देखिएको थियो ।

भारतबाट नेपाल आएर क्वारेन्टिनमा बसी घर फर्किएका उनमा ४ दिन अघि मात्र स्वाब परीक्षण गर्दा  कोरोना भाइरस नेगेटिभ देखिएको थियो । घरमा अचानक वेहोस भएर अस्पताल ल्याएका उनलाई मृत घोषणा गरेको  थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button