
तिलु शर्मा पौडेल, दोहा कतार । कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई फाराम भर्न यहाँ स्थित नेपाली दुतावासले आग्रह गरेको छ ।
नेपाल सरकारले कोभिड-१९ का कारण विश्वमा परेको असर र उत्पन्न असहज परिस्थितिबाट प्रवासमा अप्ठ्यारो अबस्थामा रहेका आफ्ना नागरीकहरुलाई स्वदेश फिर्ता ल्याउन गरेको निर्णयका आधारमा नेपाली नियोग दोहा कतारले एक सुचना जारी गर्दै अविलम्ब फाराम भर्न अनुरोध गरेको हो ।
दुतावासले जारी गरेको सुचनामा यहाँबाट फर्कने नेपली स्वयंले उडान देखी क्वारेन्टिन सम्मका सबै खर्च बेहोर्नुपर्ने, नेपाल सरकारले तोकेका सम्पुर्ण स्वास्थ्य नियमावलिहरुको पालना गर्नुपर्ने जनाइएको छ ।
नियोगले सुत्केरी या गर्भवति महिला, कोरोना बाहेक अन्य कारणले गम्भिर बिरामी, अध्ययन सकिएका (इन्टर्नशीपमा रेहका), परिवारका सदस्य गुमाई काजक्रियाका लागी जानै पर्ने, भिजिट तथा बिजिनेश भिषामा रहेका, १३ मार्च २०२० वा सो भन्दा पहिला श्रम करार सम्झौता अबधी(कन्ट्याक) सकिएका र् कतारी आइडी नलागेका वा भिषा सकिएकालाई पहिलो प्राथमिकतामा राखेको छ ।
नेपालीहरुले सो संग सम्बन्धित कागजात लिकं मार्फत, इमेलमा Repatriation.nepal@gmail.com, ह्वाटसएप नम्बर ३३५६०११७ मा पठाउन सकिने र अति आवश्यक परेमा ४४६७५६८१ /४४१७१९६२ मा कल गर्न सकिने ब्यवस्था गरेको छ ।
नेपाली नियोगले यस अघि पनि स्वदेश फिर्ता जान चाहाने आफ्ना नागरीकका लागी एक फाराम जारी गर्दै तथ्यांक संकलन गरीरहेको छ । उक्त फाराम मार्फत जेठ १८ गते सम्म ८ हजार ३ सय जनाले फाराम भरीसकेको जानकारी नियोगका दित्तिय सचिव प्रविन भट्टराईले गराएका छन । फाराम भरीसकेका नागरीकले पुन फाराम भर्नुपर्ने छैन ।
नियोगले जारी गरेको मापदन्ड अनुसार यस अघि नै हवाई टिकट लिइसकेकाहरुले हवाइटिकटको कपि पनी नियोगमा इमेल गर्न अनुरोध गरेको छ । हवाई उडान तथा यसका लागी लाग्ने खर्च सहितका सम्पुर्ण प्रक्रियाका बारेमा दुतीवासले आफ्नो वेभसाइड तथा फेसबुक मार्फत जानकारी उपलव्ध गराउने हुदॉ सोधपुछका लागी नियोग सम्म पुग्नु नपर्ने उल्लेख गरिएको छ ।
नेपाल सरकारले तोकेको मापदन्ड कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पिसीआर, आरडिटी वा अन्य परीक्षण) को प्रमाण साथमा राख्नुपर्नेू भन्ने निर्णय कतारमा केही जटिल देखिएको हुदॉ कहॉ कहिले र कसरी गर्ने सम्बन्धमा प्राप्त राय अनुसार कतार सरकारले जारी गरेको EHTERAJ App लाई आधार मान्न सकिने भएपनी सबै नेपालीसँग स्मार्ट फोन, आफ्नै नामको मोबाइल नम्बर नभएको, आइडीको म्याद सकिएको हुनसक्ने कारणले अर्को समस्या देखिन्छ ।
यद्दपि उल्लेखित प्रावधानका बारेमा नेपाल सरकार तथा कतार सरकारका उच्च निकायहरूमा महामहिम राजदूतज्यूकै स्तरबाट बिभिन्न बिकल्पहरुको बारेमा कुराकानी भइरहेको जनाइएको छ । कतार नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य हो । यहॉ ४ लाख भन्दा बढि नेपाली कार्यरत रहेका छन ।
नेपाल सरकारले कोभिड-१९ का कारण विश्वमा परेको असर र उत्पन्न असहज परिस्थितिबाट प्रवासमा अप्ठ्यारो अबस्थामा रहेका आफ्ना नागरीकहरुलाई स्वदेश फिर्ता ल्याउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरीसकेको छ ।






