पर्वतमा पहिरोमा पुरिएका ८ जनाको शव फेला, एक अझै बेपत्ता

पोखरा । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार बेलुका भीषण वर्षासँगै आएको पहिरोमा  पुरिएका  आठ जनाको शव फेला परेको  छ । पहिरोमा  परेर  १३ बर्षिय  जेनिस बिक  हालसम्म पनि वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर काफलचौरका  ५८ बर्षीय  तुलबहादुर थापा, उनकी श्रीमती ५२ बर्षिया मीनकुमारी थापा, छोरी ३० बर्षिया दीपा थापा र नातिनी ८ बर्षिया विविशा थापा, सम्राट थापा र  विवेक थापाको शव फेला परेको  प्रहरीले जनाएको छ ।

यस्तै सोहि स्थानका अर्को घरकी  कमला विक र प्रमिसा विकको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बेपत्ता हुने जेनिस कमला  विकका घरका हुन् ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए ।

शनिबार बेलुका ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशु चौपाया समेत मरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button