तनहुँका २ संक्रमितले कोरोना जितेर घर फर्किए

पोखरा । गण्डकी प्रदेशको तनहुँ जिल्लाका चार संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् ।

ऋषिङ गाउँपालिका-०४ का  २८ र ४० बर्षीय २ जना पुरुषहरु निको भई घर फर्किएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २२ पुगेको छ ।  तनहुँमा कोरोना संक्रमण देखिनेको संख्या कुल ९ रहेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म तनहुँका ९ जना पुरुष सहित, बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका २३ जना पुरुष र २ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button