पोखरामा उपचाररत एक पुरुषमा कोरोना पुष्टि

पोखरा । पोखरामा उपचाररत  एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  पोखराको  पश्चिमान्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका ९०  बर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

आज मंगलबार बिहान  पोखरा महानगरपालिका ३० का २१ बर्षीय युवकमा पनि  कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार उनि भारतबाट आएर महानगरको क्वारेन्टिनमा बसेका थिए ।

मंगलबार दिउसो तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १२ र ४६ का २ जना पुरुषमा  कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button