पोखराको मणिपालबाट कोरोना नसरेको अस्पतालको दावी

पोखरा । पोखराको मणिपाल अस्पतालले आफ्नो अस्पतालबाट उपचारका लागि आएका पर्वतको कुश्माका युवकमा कोरोना नसरेको दावी गरेको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै युवकको उपचारमा खटिएका ७६ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै मणिपाल अस्पतालबाट कोरोना नसरेको दावी गरेको हो ।

जेठ २२ गते सडक दुर्घटनामा परी अस्पतालमा उपचाररत रहेका पर्वतको कुश्मा नगरपालिकाका ३५ बर्षीय पुरुषमा उपचारकै क्रममा जेठ ३० गते कोरोना पुष्टि भएको थियो । उनको कुनै ट्राभल हिष्ट्री नभएको भन्दै धेरैले अस्पतालबाट नै कोरोना सरेको अनुमान लगाउदै आएकोमा अस्पतालले उपचारमा संलग्न सबैको रिपोर्ट नेगेटिभ आएकोले अस्पतालबाट कोरोना नसरेको स्वत: सिद्ध भएको बताएको छ ।

“संक्रमण पुष्टि भएलगत्तै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइकर्मी तथा अन्य कर्मचारी गरी ७६ जनाको स्वाब संकलन गरि जेठ ३० गते नै पठाइएको थियो, त्यसमा सबैजनाको रिपोर्ट नेगेटिभ भएको जानकारी प्राप्त भएको छ । तसर्थ उक्त बिरामीलाई मणिपाल शिक्षण अस्पतालबाट कोभिड -१९ संक्रमण नसरेको नसरेको स्वत: सिद्ध हुन्छ” , अस्पतालका सिइओ एवं प्रा.डा. डिसी अग्रवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

मणिपाल अस्पतालमा उपचाररत बिरामीमा संक्रमण भेटिएपछि अस्पतालले न्युरो आईसीयूका सेवा बन्द गरी अस्पतालमा कार्यरत नर्स, डाक्टर र बिरामीको वार्डमा सँगै रहेका अन्य बिरामीको पनि स्वाब लिइ परीक्षण गराएको थियो ।

अस्पतालले संक्रमितको उपचारमा खटिएको टोलीको विकल्पमा बनाइएको अर्को टोलीले अन्य बिरामीलाई  निरन्तर  सेवा दिइरहेको उल्लेख गर्दै अस्पताल प्रवेश गर्दा नै हात धुने, स्यानिटाइज गर्ने व्यवस्था गरिएको जनाएको छ ।

पोखरामा कोरोना संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा गम्भीर लापरबाही

पोखराको मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना पुष्टि

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button