गोरखामा एकैदिन ११ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशको गोरखा जिल्लामा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार गोरखाका दुई पालिकाका  १० पुरुष  र एक महिलासहित ११  जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा पालुङटार नगरपालिकाका २३ देखि ४६ बर्ष समुहका ६ जना पुरुष तथा १ महिला, शहिद लखन गाउँपालिकाका २७ देखि ५४ बर्ष उमेर समुहका ४ जना पुरुष रहेका छन् ।

यो सँगै गोरखामा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।  गोरखामा हालसम्म  ३३ जना पुरुष र ३ महिलामा संक्रमण देखिएको हो ।

बिहीबार गोरखा जिल्लाका ११ जनासहित गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेशमा संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

तनहुँमा एकैदिन १२ जनामा कोरोना देखियो

गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि, मनाङ जिल्ला पनि थपियो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button