गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि, मनाङ जिल्ला पनि थपियो

पोखरा । गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार मनाङ जिल्लाका १ जनासहित, तनहुँका १२ जना, गोरखाका १० पुरुष तथा १ महिला  र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८  पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा कपिलबस्तुबाट फर्किएका मनाङका १ जना, तनहुँको ऋसिङ गाउँपालिका २० देखि ४० बर्ष समुहका ७ जना पुरुष, गैडाकोट नगरपालिकाका २८ बर्षीय पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका १८ बर्षीय पुरुष, गोरखाको पालुङटार नगरपालिकाका २३ देखि ४६ बर्ष समुहका ६ जना पुरुष तथा १ महिला, शहिद लखन गाउँपालिकाका २७ देखि ५४ बर्ष उमेर समुहका ४ जना पुरुष  र नवलपरासी बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिकाका १७ देखि ४५ बर्ष समुहका १७ पुरुष र १ उमेर नखुलेका पुरुष रहेका छन् ।

संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कुल २ सय ८९ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म तनहुँका २३ जना पुरुष सहित बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ८२ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , पर्वतका ६ बर्षीय बालकसहित २८ जना पुरुष र १ महिला , गोरखाका ३३ जना पुरुष र ३ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको मनाङमा  बिहीबारपहिलोपटक संक्रमित फेला परेका हुन् । यो सँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button