तनहुँमा एकैदिन १२ जनामा कोरोना देखियो

पोखरा । गण्डकी प्रदेशको तनहुँ जिल्लामा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।

बिहीबार तनहुँका तीन पालिकाका १२ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा ऋसिङ गाउँपालिकाका २० देखि ४० बर्ष समुहका ७ जना पुरुष, गैडाकोट नगरपालिकाका २८ बर्षीय पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका १८ बर्षीय पुरुष रहेका छन् ।

यो सँगै तनहुँमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।  बुधबारसम्म ११ जना संक्रमित रहेको तनहुँमा पछिल्लो २४ घण्टामा हालसम्मको जिल्लाका कुल संक्रमित भन्दा बढी १२ जनामा संक्रमण देखिएको हो । मंगलबार तनहुँका २ संक्रमितले कोरोना जितेर घर फर्किएका थिए  ।

बिहीबार तनहुँ जिल्लाका १२ जनासहित गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेशमा संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि, मनाङ जिल्ला पनि थपियो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button