तनहुँका थप २५ जनामा कोरोना देखियो

पोखरा । तनहुँमा थप २५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । तनहुँका तीन पालिकाका  २५  जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा तनहुँको ऋषिङ् गाउँपालिकाका १ बर्षीय बालक देखि ३७ बर्ष उमेर समुहका २१ जना, ब्यास नगरपालिकाका २४ र २८ बर्षका २ पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका २२ र ३५ बर्षीय २ पुरुष रहेका छन् । संक्रमितलाइ  जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

तनहुँमा हालसम्म कोरोना संक्रमितको संख्या ६८ पुगेको छ ।  ,आज नै तनहुँका २५ जना सहित गण्डकी प्रदेशमा थप ५८  जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४  सय ३८ पुगेको छ । प्रदेशमा संक्रमित मध्ये ३९ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

 

कास्कीका २ सहित गण्डकीका थप ५८ जनामा कोरोना पुष्टि

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button