गण्डकी प्रदेशमा शनिबार थपिए १०८ संक्रमित, मुस्ताङमा पनि संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको छ । शनिबार राति  प्रदेशका ४  जिल्लाका थप ५० जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा मुस्ताङको घरपजोङ गाउँपालिकाका एक ८३ बर्षीय बृद्ध सहित तनहुँका २७ बर्षीय पुरुष तथा ४० बर्षीय महिला, बागलुङका ५ वटा पालिकाका २६ जना पुरुष तथा ३ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ७ बर्षीय बालक देखि ३९ वर्ष उमेर समुहका १६ जना पुरुष तथा २ महिला रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।

गण्डकी प्रदेशमा यसअघि शनिबार बिहान मात्र  प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । निर्देशनालयका अनुसार शनिबार बिहान संक्रमण देखिनेमा कास्कीको मादी गाउँपालिकाका एक १९ महिने बालिका र ४१ बर्षीय पुरुष सहित तनहुँका २५ जना पुरुष, बागलुङका ७ जना पुरुष तथा १ महिला, म्याग्दीका १ पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष, गोरखाका ५ जना पुरुष र स्याङ्जाका १ पुरुष रहेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ३८ जना पुरुष र ५ महिला, तनहुँका ६९ जना पुरुष तथा एक महिला , बागलुङमा ९३ जना पुरुष तथा १० महिला , स्याङ्जाका ७३ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १२९ जना पुरुष तथा ४ महिला, लमजुङका १ जना, म्याग्दीका ४ जना पुरुष , गोरखाका ३८ जना पुरुष र ३ महिला, मनाङका १ पुरुष तथा कास्कीका १२ जना पुरुष तथा ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मुस्ताङमा संक्रमित पुष्टी भएसँगै  प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button