गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा आइबार  बिहान  थप १६ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको  छ ।

आइबार  बिहान प्रदेशका बागलुङ, म्याग्दी, पर्वत र तनहुँ  जिल्लाका थप १६ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा तनहुँका २९ बर्षीय पुरुष , बागलुङका ४  वटा पालिकाका  २१ देखि ४८ बर्ष उमेर समुहका २६ जना पुरुष, म्याग्दी  ९ बर्षीय बालिकासहित २० र ३३ बर्षीय पुरुष  तथा ३० बर्षीया महिला र पर्वतका  २७ र ३२ वर्षका २  जना पुरुष  रहेका छन् । संक्रमितलाइ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म पर्वतका ६ बर्षीय बालकसहित ४० जना पुरुष र ५ महिला, तनहुँका ७० जना पुरुष तथा एक महिला , बागलुङमा १०२ जना पुरुष तथा १० महिला , स्याङ्जाका ७३ जना पुरुष तथा ३ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १२९ जना पुरुष तथा ४ महिला, लमजुङका १ जना, म्याग्दीका ६  जना पुरुष र २ महिला  , गोरखाका ३८ जना पुरुष र ३ महिला, मनाङका १ पुरुष तथा कास्कीका १२ जना पुरुष तथा ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मुस्ताङमा एक जनामा संक्रमण पुष्टी भएसँगै प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । प्रदेशका ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button