पोखराका ७ जना सहित गण्डकीमा १०४ कोरोना संक्रमित थपिए

पोखरा ।  पोखराका ७ जना सहित गण्डकीमा १०४ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा महानगरका  ३ पुरुष र ४ महिलासहित गण्डकी प्रदेशका ७ जिल्लाका थप १०४ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

मंगलबार बेलुका  कास्कीको पोखराका ७ जनासहित  तनहुँका १ जना पुरुष , स्याङजाका ११ जना पुरुष तथा २ महिला, बागलुङका ५ जना पुरुष तथा १ महिला , गोरखाका १० जना पुरुष तथा ८ महिला,  पर्वत १८ पुरुष तथा ३ महिला , नवलपुरका ३५ जना पुरुष तथा ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button