पोखरा महानगरको बजेट ६ अर्व १९ करोड ७१ लाख

पोखरा । पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्व भन्दा वढीको बजेट प्रस्तुत गरेको छ ।

पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जु गुरुङले नगरको सातौ नगरसभामा आव २०७७/७८ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ अनुमानित बजेट प्रस्ताव गरेकी हुन ।

चालु आवमा ७ अर्ब ५४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले आव २०७७/०७८ को लागि गत बर्ष भन्दा ८१ करोड रुपैयाँ कम को बजेट ल्याएको छ ।

प्रस्तुत बजेटमा  संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार, अन्तर सरकारी अख्तियार बाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

देशकै ठुलो क्षेत्रफल ओगटेको पोखरा महानगरले आर्थिक वर्षमा राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरेको छ भने आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमध्ये चालु खर्चतर्फ चालु खर्चतर्फ ५२ प्रतिशत अर्थात्  ३ अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्फ ४८ प्रतिशत अर्थात्  २ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

प्रशासिनक तथा सञ्चालनतर्फ २६ प्रतिशत अर्थात् १ अर्ब ५८ करोड ४ लाख र कार्यक्रम तर्फ ७४ प्रतिशत अर्थात् ४ अर्ब ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको  ।

बजेटको पुर्णपाठ यस प्रकार छ

https://www.pokharanews.com/wp-content/uploads/2020/06/Budget-of-Pokhara-Metropolitan771.pdf

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button