पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनको तयारी, अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द

पोखरा । पोखरामा मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव व्यवस्थापनको लागी तयारी गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमान्चल क्षेत्रीय अस्पताल ) मा बुधवार राति ११:३० मा मृत्यु भएका स्याङजा सिरुवारीका ५५ बर्षीय पुरुषको शव व्यवस्थापनको लागी तयारी भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

नेपाल प्रहरी र नेपाली सेनाको डेडीकेटेड टोलि शव व्यवस्थापनको लागी अस्पतालमा आइपुगेको निर्देशक आचार्यले बताए । शव कहाँ व्यवस्थापन गरिदैछ भन्ने बारेमा भने अहिले भन्न नमिल्ने उनले बताए ।

शव व्यवस्थापनको लागी अस्पतालको  इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको समेत निर्देशक आचार्यले जानकारी दिए । “शव व्यवस्थापन र व्यवस्थापन पछि अस्पताल क्षेत्रमा ‘डीसइन्फेक्सन’ गर्नुपर्ने भएकाले  बिहीबार  इमर्जेन्सी बाहेकका सेवा बन्द गरेका छौं , शुक्रबारबाट सबै सेवा नियमित सञ्चालन हुनेछन “ – निर्देशक आचार्यले भने ।

निमोनिया तथा मधुमेहका समेत बिरामी रहेका पुरुषको  असार ८ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएकोमा  उपचारकै क्रममा मृत्यु भएको हो ।

यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुषको गत जेठ २६ गते पोखरा -११ स्थित रिठ्ठाघाटमा शव व्यवस्थापन गरिएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button