पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक मर्सानीले पाए अवकाश

पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्रशिक्षण विभाग प्रमुख एवम निर्देशक विद्याप्रसाद मर्सानीले नियमित अवकाश पाएका छन ।

निर्देशक मर्सानीले ५८ वर्षे उमेर हदका कारण यहि असार १३ गतेबाट नियमित अवकाश पाएका हुन । राष्ट्रिय खेलकुद परिषदमा करिव ३२ वर्ष बक्सिङ खेलको प्रशिक्षकको जिम्मवारीमा रहेर भुमिका निर्वाह गर्ने वरिष्ठ बक्सिङ प्रशिक्षक २०४५ सालमा स्थायी कर्मचारीको रुपमा प्रवेश गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद र कास्की जिल्ला खेलकुद विकास समिती कास्कीले एक संयुक्त कार्यक्रम गरि निर्देशक मर्सानीलाई विदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेश गुरुङ लगाएतले उनलाई विदाई गरेका थिए ।

सो अवसरमा मर्सानीलाई सम्मान गर्दै राखेपका सदस्य गुरुङले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि अवकास पछि पनि उनको खाँचो रहने बताए । कुनै वेला आफ्ना गुरु समेत मर्सानीले जिवनका संघर्ष संग लड्न सिकाएको बताउँदै उनले भने–“विद्या मर्सानी खेलकुदको एक इतिहास हुन” उनले थपे–“उनले खेलकुदमा रहेर जुन इमान्दारिता देखाए त्यो सवैका लागि उदाहरणिय हो । खेलकुदमा अझै पनि राम्रो गर्नेको खुट्टा तान्ने प्रविती रहेकोले त्यस्तो प्रविती विरुद्ध लड्न मर्सानी जस्ता व्यक्तित्वको आवश्यकता रहेको उनको भनाई थियो ।

सो अवसरमा बोल्दै वरिष्ठ प्रशिक्षक मर्सानीले खेलकुद बाट आफुले धेरै कुरा पाएको बताए । “मैले धेरै उतार चढावहरु समेत व्योहरेको छु” उनले भने–“तर अव खेलकुद विकास लिनेछ भन्नेमा विश्वस्त छु ।” आफ्नो विदाई कार्यक्रममा केही भावुक समेत बनेका उनले कुशल प्रशिक्षकबाट नै एक कुशल खेलाडी उत्पादन हुन सक्ने भनाई राख्दै प्रशिक्षक जस्तो जनशक्तीलाई थप व्यवस्थित गर्न सके खेलकुदले गौरव गर्ने कुरा धेरै प्राप्त गर्न सक्ने बताए । उनले आफुले नियमित अवकाश पाएपनि आफु संधै खेलकुदमा सर्मपित रहिरहने बताए ।

कार्यक्रममा विद्या मर्सानीकी जिवन संगिनी दुर्गा श्रेष्ठ मर्सानीले खेलकुद बाट आफ्नो श्रीमानले नियमितरुपमा अवकाश पाए पनि उनको आगामी खेल जिवनलाई जिवन्त राख्न प्रदेश स्तरिय प्रतियोगिता आयोजना गरेमा आफुले त्यसका लागि सहयोग गर्ने घोषणा गरेकी थिइन ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको विदाई कार्यक्रममा समितीका उपनिर्देशक कृष्ण तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगाएतले मर्सानीले आफ्नो खेल जिवन र प्रशिक्षकको जिम्मेवारीमा रहेर खेलेको भुमिकाका विषयमा आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुदका निवर्तमान अध्यक्ष याम बहादुर गुरुङ, गैर आवाशिय नेपाली संघ युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष वुद्ध गुभाजु, समाजसेवी विमालमान गुभाजु, कार्यालयका कर्मचारी, प्रशिक्षक तथा खेलाडीहरुले खादा, माला र मायाको चिनो प्रदान गरि विदाई गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button