बाग्लुङमा स्कुटर दुर्घटना हुँदा श्रीमान-श्रीमती घाइते

पोखरा । बाग्लुङमा स्कुटर दुर्घटना हुँदा श्रीमान-श्रीमती नै घाइते भएका छन् ।

बुधबार बिहान करिब ८ बजे बाग्लुङ नगरपालिका वडा-१ गणेश घुम्तिमा स्कुटर दुर्घटनाग्रस्त हुँदा चालक ५२ वर्षीय जित बहादुर मल्ल र उनको श्रीमती ४६ वर्षीया जयन्ती मल्ल घाइते घाइते भएका हुन् । ध १ प ३४१९ नम्बरको सो स्कुटर मालढुङ्गातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

घाइतेलाई धवलागिरी अञ्चल अस्पताल बागलुङ लगिएकोमा थप उपचारका लागि पोखरा ल्याइएको पनि प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button