गोरखामा सेनाको गाडी र टिप्पर ठोक्किदा ५ सैनिक घाइते

गोरखा । गोरखामा सेनाको गाडी र टिप्पर ठोक्किदा पाँच सैनिक घाइते भएका छन् ।

बुधबार साँझ गोरखाको पन्ध्रकिलो मोडमा बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई विपरीत दिशातर्फ जाँदै गरेको लु १ प ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो । सेनाको गाडी तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको जनाइएको छ ।

घाइते सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button