पोखरा र लमजुङका थप १७ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बिहीबार दिउसो गण्डकी प्रदेशका २ जिल्लाका  थप १७ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १ पुरुष र लमजुङका १५ पुरुष तथा १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखराका ३३ बर्षीय पुरुष , लमजुङका २४ देखि ६० वर्षा उमेर समुहका  १६ जनामा कोरोना संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्किनेको  संख्या २ सय ८७ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button