कतारमा कोरोना संक्रमित थपिने भन्दा स्वास्थ्य लाभ गर्नेको संख्या धेरै

तिलु शर्मा l रोजगारीको लागि विश्वकै प्रमुख गन्तव्य मानिएको खाडी राष्ट्र कतारमा पछिल्ला दिनहरूमा कोरोनाबाट सङ्क्रमित हुनेको संङख्या भन्दा स्वास्थ्य लाभ गर्नेको सङ्ख्या उच्च देखिएको छ l

स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५ जनाले जनाले स्वास्थ्य लाभ गरे सँगै कुल ९४ हजार ९ सय ३ जना निको भएर घर फर्किएका छन् ।

जारी तथ्याङ्क अनुसार ४ हजार ८ सय ८६ जनामा गरिएको परीक्षणमा थप ६ सय जनामा सङ्क्रमण फेला परे सँगै सङ्क्रमित कुल सङ्ख्या १ लाख ९ सय ४५ पुगेको छ । ६१ वर्षीय एक नागरिकको मृत्यु सँगै मृतकको सङ्ख्या १ सय ३४ पुगेको छ भने ५ हजार ९ सय ८ जनाको उपचार चलिरहेको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button