चिनियाँ सेना लद्दाखमा २ किमी पछि हटेको भारतको दाबी

पोखरा । चिनियाँ सेना लद्दाखमा २ किमी पछि हटेको भारतीय सैन्य स्रोतले दाबी गरेको छ ।

दुई पक्षबीच आफ्ना सैन्य बल पछि हटाउने निर्णय अनुसार नै चिनियाँ सेना लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) बाट २ किमी पछि हटेको जनाइएको हो । एलओसीको हट स्प्रीङ्ग्स् र गोग्रा क्षेत्रबाट सैनिक पछि हटेको स्रोतहरुको दाबी छ । चीन सँगै भारतीय पक्षको सेना पनि १ देखि २ किमी पछि हटेको पनि जनाइएको छ ।

सेनाको टोली पछि हटेसँगै अघिल्लो चरणको वार्ता पनि अघि बढ्ने भएको छ । भारतको तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र चीनतर्फ विदेश मन्त्री वाङ्ग यीले वार्ताको नेतृत्व गरेका थिए । चिनियाँ आर्मीले आफ्नो टेन्ट, गाडीहरु र सेना सबै पछि हटाएको दाबी गरिएको छ ।

सीमा विवादको भएको स्थानबाट पछि हटे पनि गल्वान नदी क्षेत्रमा ठूलो संख्या चिनियाँ फौज बसिरहेको भारतीय पक्षले जनाएको छ । यस अघि भारत र चीनका सेना बीच सीमामा विवाद हुँदा आफ्ना २० सैनिकले ज्यान गुमाएको भारतले जनाएको थियो ।

पछिल्लो समयमा भारत चीनबीच तनाव बढिरहेको बेला यो कदमले तनाव केही मत्थर हुने विश्वास गर्न सकिन्छ । तनाव बीच भारतले ५९ चिनियाँ एप भारतमा प्रतिबन्ध गरेको थियो भने चिनियाँ सामानलाई बहिष्कार गर्न सामाजिक अभियान नै चलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button