पोखरा-२६ मा पहिरोमा परी १ को मृत्यु, २५ घर जोखिममा

पोखरा । अविरल वर्षाका कारण पोखरा महानगरपालिका -२६ स्थित पैतेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार  बिहानी पखको समयमा  घरमाथिबाट खसेको पहिरोमा पुरिँदा स्थानीय डल्लु भनिने  करिव ४५ बर्षीय *दुर्गा बहादुर सुनारको  मृत्यु भएको पोखरा -२६ का  वडा अध्यक्ष  नारायण प्रसाद बरालले पोखरा न्यूजलाई जानकारी दिए। घरमा सुतिरहेका अवस्थामा पहिरो जादाँ घरका अन्य सदस्य भाग्न सफल भएपनि उनी पहिरोमा पुरिएका थिए ।

अध्यक्ष  बरालका अनुसार उक्त स्थानमा अहिले पनि पनि पहिरो खसिरहेको छ।  पहिरोका कारण पैतेका ८०/८५ घर मध्ये  करिव २५ देखि ३० वटा घर जोखिममा रहेको अध्यक्ष  बरालले बताए ।

पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको उनले बताए ।

पोखरामा पहिरोमा परी ४ को मृत्यु, ९ घाइते

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button