म्याग्दीमा खोलाले बगाउँदा एकको मृत्यु

म्याग्दी । म्याग्दीमा खोलाले बगाउँदा एक  पुरुषको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ९ बजे म्याग्दी रघुगगा गाउँपालिका-६ ठाडाखानी घर भएका अन्दाजी ५० वर्षीय नालिमान छन्त्यालको लापु खोलाले बगाएर मृत्यु भएको हो ।

गोठमा गाई भैसीलाई घाँसपात गर्न जाने छन्त्याललाई खोलाले बगाएर बेपत्ता पारेको थियो । बेपत्ता छन्त्याललाई बगाएको स्थान देखि ३०० मिटर तल खोलाको किनारामा मृत अवस्थामा स्थानीयले फेला पारेका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button