गण्डकीका ५ जिल्लामा एनसेलको वायरफ्री प्लस वाईफाई प्रिबुकिङ शुरु

पोखरा । दुरसञ्चार सेवाप्रदायक संस्था एनसेलले गण्डकीका ५ जिल्लामा वायरफ्री प्लस वाईफाई प्रिबुकिङ शुरु गरेको छ ।

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत वायरफ्री प्लस वाईफाई सेवाको लागि बुकिङ सुरु गरेको घोषणा गरेको हो । प्रिबुकिङका लागि इच्छुक ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा गई बुकिङ गर्न सकिने एनसेलले जनाएको छ । हाल वायरफ्री प्लस वाईफाई सेवा तनहुँ, लमजुङ, स्याङ्जा, कास्की र गोरखा जिल्लामा उपलब्ध छ ।

फ्री प्लस सेवाको प्रमुख विशेषता विभिन्न सेवाहरुको आकर्षक बन्डलिङ भएको कम्पनीले जनाएको छ । बन्डलिङ सेवा अन्तर्गत ग्राहकले २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सक्नेछन् ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समुह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेजहरु लिन सक्छन् । प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट सुरु हुने पनि कम्पनीले जनाएको छ । प्याकेजको समयसिमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ ।

व्यवसायिक उडान शुरु भए साउनको तेस्रो सातादेखि यस नयाँ सेवा सुचारु गरिने एनसेलले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button