२०२२ विश्वकप फुटबलको पहिलो खेल कतारको अल बेट रंगशालामा हुने, यस्तो छ खेल हुने समय

पोखरा। २०२२ विश्वकप फुटबलअन्तर्गत पहिलो खेल कतारको अल बेट रंगशालामा खेलिने भएको छ ।

आज सार्वजनिक भएको ड्र अनुसार वि.सं २०७९ सालको मंसिर ५ गते खेलाइने पहिलो खेल ६० हजार दर्शक क्षमताको अल बेट रंगशालामा खेलिनेछ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल भने ८० हजार दर्शक क्षमताको लुसैल रंगशालामा पुष महिनाको ३ गते खेलिने भएको छ । यसपटकको विश्वकप अघिल्ला विश्वकप हुने जुन जुलाई महिनामा भन्दा फरक अर्थात नोभेम्बर डिसेम्बरमा हुने भएको छ । खाडी देशमा हुने अत्यधिक गर्मी छल्न यस्तो व्यवस्था गरिएको हो ।

बुधबार जारी गरिएको तालिका अनुसार प्रतियोगिताको समूह चरण अन्तर्गत हरेक दिन ४ खेल हुनेछन् । दिनको पहिलो खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे हुनेछ भने राती १२:४५ बजे चौथो खेल खेलिनेछ । प्रतियोगिताको ड्र भने २०२२ को मार्च देखि अप्रिल महिनामा हुने फिफाले बताएको छ । यसरी निर्धारण गरिने खेलतालिका खेलमा भाग लिने देशको टाइमजोन अनुसार मिलाएर गरिने पनि जनाइएको छ ।

कतार विश्वकप आयोजकका अनुसार विश्वकप फुटबलको रंगशालाको ८५ प्रतिशत काम तथा पुर्वाधार निर्माणको ९० प्रतिशत काम पूरा भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button