नयाँ लोक दोहोरी गीत “आधा माया” सार्वजनीक (भिडीयोसहित)

तिलु शर्मा l चर्चित गायक तथा सर्जक बसन्त थापाले सङ्गीत भरेको लोक तथा दोहोरी गित “आधा माया” बजारमा आएको छ l

युवा पुस्ताका चर्चित गायक बिक्रम परियार तथा गायिका सुनिता बुढा क्षेत्री को स्वरमा सजिएको उक्त गीतको सब्द प्रल्हाद सुबेदीले सिर्जना गरेका हुन् l आफना पछिल्ला गीतहरुमा जस्तै यस गीतलाई पनि दर्शक श्रोताले माया गरिदिने कुरामा गायक/गायिका आशावादी रहेका छन l

बिभिन्न रमणीय स्थलमा निकै आकर्षक रुपमा छायाकन गरिएको भिडियोमा नेपालि सिने जगतका चर्चित नायक दिलिप रायमाझी र एश्वार्य सुनुवारले कम्मर मर्काएका छन l भिडियोको कथा, क्रोर्यिग्राफी तथा निर्देशनको बागडोर चर्चित नृत्यकार तथा निर्देशक सुनिल क्षेत्रीले गरेका हुने l

कृष्ण बिकको सङ्गीत संयोजन रहेको भिडियो मा नवराज उप्रेतीको सिनेम्याटोग्राफी, अमृत चापागाईको सम्पादन रहेको छ । भिडियो ‘Shrota Sangeet को युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । जनता डिजिटलले गीतको पोस्ट प्रोडक्सन गरेको हो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button