नवलपरासीमा हाइलक्स दुर्घटना हुँदा ३ घाइते

पोखरा । नवलपरासीमा हाइलक्स गाडी अनियन्त्रित भएर फलामको पाइपमा ठोकिँदा ३ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ५ बजे नवलपरासी गैंडाकोट-१० पितौजी स्थित पूर्व पश्चिम राजमार्गको डाईभर्सनमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३-०२३-च ५७५२ नम्बरको गाडी दुर्घटनाग्रस्त हुँदा सो गाडीमा सवार ३ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा २९ वर्षीय भीमबहादुर तामाङ, ३२ वर्षीय सन्तोष राजभण्डारी र ४५ वर्षीय भीम बहादुर पाण्डे रहेका छन् । घाइते तीनै जना चितवनको भरतपुर महानगर-१२ बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडी आफै अनियन्त्रित भएर कलभर्ट निमार्णको लागि राखेको फलामको पाइपहरुमा ठोक्किएको थियो । घाइते सबैलाई उपचारका लागि भरतपुर अस्पताल, चितवन पठाइएको प्रहरीले उल्लेख गरेको छ ।

घाइते २ को अवस्था मध्यम र १ को अवस्था सामान्य रहेको तथा घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरी जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button