लमजुङमा भलिबल खेल्ने क्रममा युवकको मृत्यु

पोखरा । लमजुङमा भलिबल खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

बिहीबार साँझ ६ बजे भलिबल खेल्ने क्रममा भित्तामा ठोक्किएर लमजुङ मर्स्याङदी गाउँपालिका-४ जगतका २२ वर्षीय दिपेश गुरुङको मृत्यु भएको हो । भित्तामा ठोक्किएर घाइते भएका गुरुङलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button