मन भारी पार्दै कतारबाट फर्किए ३ सय नेपाली

तिलु शर्मा पौडेल, दोहा कतार ।  “साउदिको खाडीमा १३ महिना बस्दा पनि कम्पनी गतिलो नपरेर नेपाल फर्किए । कतारमा त केही होला भनेर आएको ,यहाँ आएको ६ महिनामै कम्पनीले काम पाउन छाड्यो । ५ महिना देखी कोरोनाले बाहिर निस्कन दिएन । म अभागी हो की ? पासपोर्ट बनाउदॉ बार मिलेनछ कुनी ?  अरूले विदेश गएर घरको तला थप्छन मैले रिन पो थपे त सर ” निराशाको पोको फुकाउदै मुस्ताङ थासाङ गाउँपालीका वडा न ५ लेते कुन्जेका मन बहादुर बिकले भने ।

सहजीकरण उडानको म्याद दोस्रो पटकका लागी सरकारले थपे संगै कतारबाट हिमालयन एयरलाइन्स मार्फत नेपाल जान लागेका विकले ७ महिना बिना तलब बसेर आफ्नै पैसाले टिकट काटेर नेपाल जाँदा हमाद विमानस्थलमा पोखेको दुखेसोले उनको मात्र हैन आम विदेशिएका नेपाली युवाको प्रतिनिधि गरेको छ । उमेरले २५ मात्र पुगेका उनलाई जीवनले ठुलो पाठ सिकाएको प्रस्ट बुझिन्थ्यो ।

नेपाल र हिमालयन एयरलाइन्स मार्फत उनि सँगै  कतारबाट गए राती  फर्कने अधिकाँश युवाको ब्यथा उस्तै छ। इटहरी बौकाकी कल्पना राई ३० महिना देखी कतारमा कार्यरत छिन । बिगत २ वर्ष देखी टाउको मात्र दुख्ने समस्याले गर्दा औषधि खाँदा १ लाख रकम सकिदा  समेत निको नभएपछि कतार छाडेर जान लागेको बताइन।

त्यति धेरै खुल्न नचाहेकी सिराहाकी रिमा शास्त्रीको पिडा उनको भन्दा कमी थिएन । ट्रलीको पाङ्ग्रालाई खुट्टाले घुमाई रहेकी हेटौडाकी रन्जिता खडकालाई भाग्यले कतारमा १३ महिना घुमायो । काम गरेर पैसा नपाएको भए पनि बरु मन मान्थ्यो होला तर कम्पनी नै बन्द हुदॉ आफ्नो भाग्य बन्द भएको उनको सोझो बुझाई छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गए राती कतारबाट दोस्रो चरण  अन्तरगतको पहिलो सहजिकरण चार्टर उडान भरेका युवा युवतीको पीडा उस्तै उस्तै थियो ।

कतारबाट नेपाल एयरलाइन्स मार्फत १० महिला र १ सय ३९ पुरुषसहित १ सय ४९ जनाले उडान भरेका छन् भने विभिन्न समयमा कतारमा मृत्यु भएका २ जनाको सब पनि नेपाल पठाइएको छ । त्यस्तै हिमालयन एयरलाइन्स मार्फत २ महिलासहित १ सय ५४ जना उडेको जानकारी दूतावासका दित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् ।

नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणको तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नियोग तथा नेपाली समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। यो सँगै कतारबाट कुल २८३१ जना स्वदेश फर्किसकेका छन् भने ४० जनाको मृत शरीर नेपाल पुगी सकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button